फिल्म बनाउँदै टंक बुढाथोकी

काठमाडौँ – गायक तथा सङ्गीतकार टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउने भएका छन् ।

उनको क्यारियरको टर्निङ प्वाइन्ट मानिएको गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीतमाथि नै फिल्म बनाउने घोषणा गरिएको छ ।

६ वर्ष अगाडि रिलिज भएको यो गीत निकै चर्चित बनेको थियो ।  फिल्मलाई टंक आफैँले निर्देशन गर्दै छन्  । यस गीतमा टंकसँगै आवाज दिएका अशोक दर्जीले फिल्ममा अभिनय गर्ने भएका छन् ।

यस फिल्मको निर्माण टंकसहित एनआरएन विनय अधिकारी गर्ने बताइएको छ । फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन् भने फिल्मको छायाङ्कन जेठपछि शुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?