जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किन पर्छ कपालमा चाया ? कसरी गर्ने उपचार ?

जाडो वा गर्मी मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। तर जाडो महिनामा चाया धेरै पर्ने अनुभव अधिकांशको छ।

हुन पनि चिसोका कारण धेरै समय कपाल छोप्ने वा चिसोबाट बच्न धेरै समयसम्म टोपी लगाउने गर्नाले जाडोमा धेरै चाया पर्नसक्छ।

चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ। चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन। तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछन्। जसले जे सल्लाह दियो त्यही मानेर थरिथरिका स्याम्पु र घरेलु उपचार गरिरहेकै हुन्छन्।

किन पर्छ चाया ?
छाला रोग विशेषज्ञ डा‍. शम्भु जोशीका अनुसार चाया पर्नुको कारण कपालको सफाइमा ध्यान नदिनु हो। चाया एउटा वंशाणुगत कारणले हुन्छ। त्यसैले जेनेटिक गुण अनुसार कसैमा धेरै हुन्छ। कसैमा कम हुन्छ।

कपालमा तेल धेरै हुँदा पनि चाया पर्छ। फंगसको कारण, हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, लामो समयसम्म ननुहाउनुले पनि चायापर्छ। यस्तै घाममा धेरै बस्दा, टाउकोमा धेरै पसिना आउने भएमा, टाउकोलाई गुम्स्याएर राख्दा, चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काइँयो प्रयोग गर्दा पनि चाया पर्छ।

अरूले प्रयोग गरेको टावेल प्रयोग गर्दा पनि चाया पर्छ। कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ। चिसो मौसम, लामो समयदेखिको तनाव, थकान र चिन्ताले पनि चाया पर्ने हुन्छ।

कसरी गर्ने उपचार ?
नुहाउँदा नियमित रूपमा एउटै स्याम्पुको प्रयोग गर्नुपर्छ। चाया देखिहाले एन्टी डेन्ट्रफ लेखेको स्याम्पुको प्रयोग गर्नुपर्छ।

चाया परेको व्यक्तिले प्रयोग गर्ने काइँयो, तौलिया, हेलमेट अरूले प्रयोग गर्नु हुँदैन। यो सबै सामान सबै जनाले प्रयोग गरेमा चाया एकबाट अर्कोमा सर्दै जान्छ।

जैतनको तेल, नरिवलको तेल, तोरीको तेल कपालमा लगाउनुपर्छ। कपालमा नियमित रूपले नवरिलको शुद्ध तेल लगाउँदा पनि चाया हट्छ।

चायाबाट छुटकारा पाउन हप्तामा एक पटक तेल लगाएर कपालको मालिस गर्दा अत्यधिक लाभ मिल्नुका साथै चाया पर्ने समस्या कम हुँदै जान्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?