जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फागुन ११ मा रिलिज हुने भयो ‘गोर्खा वारिअर’

काठमाडौं– नेपाली फिल्म ‘गोर्खा वारिअर’ आगामी फागुन ११ गते प्रदर्शनमा आउने भएको छ ।

यसअघि यो फिल्मलाई लण्डनमा प्रिमियर गरिएको थियो । फिल्मको सफलताको शुभकामना दिँदै बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्र लेखेका थिए ।

यो फिल्म दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकले देखाएको वीरतामाथि आधारित छ ।

चलचित्रमा मिलन चाम्स र गिरीराज घिमिरेको लेखन रहेको छ भने रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?