जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमेरिकाले चन्द्रमामा पठाएको यानमा आयो खराबी, लगेको थियो सगरमाथाको चट्टानको टुक्रा

काठमाडौं– चन्द्रमामा अवतरणका लागि प्रक्षेपण गरिएको अमेरिकी अन्तरीक्ष यानमा खराबी आएको छ ।

अमेरिकाले ५० वर्षपछि चन्द्रमामा यान पठाउन लागेको थियो । यो यान सगरमाथाको चट्टानको टुक्रा, वैज्ञानिक प्रयोग, पृथ्वीबाट सन्देश र मानव अवशेष लिएर चन्द्रमातर्फ गइरहेको थियो ।

मिडिया रिपोर्टका अनुसार यानमा प्राविधिक समस्या देखिएको छ । यो यान सोमबार बिहान अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।

लञ्च गरिएको २४ घण्टा पनि नहुँदै यानमा समस्या देखिएको हो ।

अन्तरीक्ष यानको प्रक्षेपण गरिएको केही समयमै समस्या आएपछि प्राविधिकहरुले फ्युल ट्याङ्कीमा समस्या आएको हुनसक्ने बताएका छन् ।

उक्त यानलाई २३ फेब्रुअरीमा चन्द्रमामा ल्याण्ड गर्ने योजना थियो । अहिले उक्त यानले पृथ्वीको चक्कर लगाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?