जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सेनाले माग्यो २५ सय जनाका लागि आवेदन 

काठमाडौँ – नेपाली सेनाले विभिन्न पदमा आवेदन माग गरेको छ ।

उसले देशभरका कार्यालयका लागि कर्मचारी दुई हजार पाँच सय ७४ जना कर्मचारीका दरखास्त आह्वान गरेको छ । 

स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स,सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार पदका लागि सेनाले भर्ना आव्हान गरेको हो।

सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार जेठ १२ गतेसम्म दरखास्त दिन सकिने छ। दरखास्तका लागि कक्षा ८ उत्तीर्ण गरेका महिला तथा पुरुष र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको योग्यता तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?