जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विनोद पौडेलको फिल्म ‘भुठान’ मा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने

काठमाडौं– फिल्म ‘बुलबुल’ निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भुठान’ मा हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय रहने भएको छ ।

फिल्ममा यसअघि नेपाली कलाकार दयाहाङ राई र हरिवंश आचार्य अनुबन्ध भइसकेका छन् । यो फिल्म निर्माण घोषणा भएसँगै चर्चा कमाइरहेको छ ।

फिल्ममा अमेरिकाको ओहायो, पेन्सिलभेनिया लगायतका क्षेत्रमा बसोबास गर्ने भुटानी शरणार्थीको कथालाई देखाइने छ ।

हलिउड अभिनेता डर्न सन् सन् १९८९ मा रिलिज भएको फिल्म ‘कमिङ होम’ मा दुईपटक ओस्कारको मनोनयनमा परेका थिए । उनको यो फिल्ममा अभिनय गर्ने भएपछि नेपालमा समेत फिल्मको क्रेज देखिएको छ ।

साथै यो समाचारलाई अमेरिकन मिडियाले पनि चासोका साथ स्थान दिएका छन् ।

निर्देशक पौडेलले यो क्षण आफ्ना लागि खुशीको क्षण भएको र यसले नेपाल र अमेरिकालाई पनि जोड्ने धारणा व्यक्त गरे ।

यो फिल्ममा जोयस पाण्डे, ऋचा घिमिरे, अदिति प्याकुरेल लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

निर्देशक पौडेलले यसअघि ‘बुलबुल’ बाट निकै चर्चा कमाएका थिए । स्वस्तिमा खड्काको अभिनय रहेको यो फिल्मले समीक्षा पनि सकारात्मक पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?