जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘मिस्टर गे नेपाल २०२४’ को उपाधि लक्ष्मण मगरलाई

काठमाडौं– ‘मिस्टर गे नेपाल २०२४’को उपाधि लक्ष्मण मगरले जितेका छन् ।

आइतवार ठमेलस्थित होटेल अलफ्टमा गरिएको ग्राण्ड फिनालेमा मगरले २० जना प्रतिस्पर्धीहरुलाई उछिन्दै उक्त उपाधि हात पारेका हुन् ।

‘मायाको पहिचान नेपाल’ले आयोजना गरेको ‘मिस्टर गे नेपाल’ प्रतियोगितामा ५४ जना प्रतियोगिताका लागि सहभागी भएका थिए । त्यसमध्ये २० जना छनोट गरिएको थियो ।

उपाधि विजेता मगर टप टेन, टप फाइभ हुँदै अन्तिम प्रतिस्पर्धीका रुपमा विजेता बनेका हुन् उनले ‘पब्लिक च्वाइस अवार्ड’ उवार्ड समेत पाए ।

उनलाई ‘मायाको पहिचान नेपाल’की अध्यक्ष माया गुरुङ, कार्यकारी निर्देशक तथा एसियाकै पहिलो समलिङ्गी पूर्व संविधान सदस्य सुनिलबाबु पन्त, सन् २०१७ का ‘मिष्टर गे हेन्डसम’ मनिल सिंह लगायतकाले ‘मिस्टर गे नेपाल’को ताजसहित एक लाख रुपैयाँ पुरस्कार प्रदान गरे ।

मगर नेपालको प्रतिनिधित्व गर्दै बेलायतमा हुने ‘मिष्टर गे वल्र्ड’मा समेत सहभागी हुनेछन् । प्रतियोगितामा फस्र्ट रनर अप अशोक कोइराला र सकेण्ड रनर अप नवीन जिसी भएका छन् ।

दुवैलाई उपाधिसहित क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । त्यस्तै ‘वेस्ट ड्रेस अवार्ड’ युनिक चौधरी, ‘फोटोजेनिकको अवार्ड’ सुनिल तामाङ, ‘वेस्ट वर्क अवार्ड’ र ‘वेस्ट स्वीम सुट अवार्ड’ दिनेश चौधरी, ‘वेस्ट ट्यालेन्ट अवार्ड’ टिका बहादुर मगर, ‘वेस्ट डिसिप्लेन अवार्ड’ लासाङ दोर्जे बल, ‘वेस्ट पर्सनालिटी अवार्ड’ पवन ढकाल र ‘मिष्टर कन्जिनियालिटी अवार्ड’ सुशील चन्दले पाए ।

समलिङ्गीहरूको अधिकार र पहिचानका लागि प्रतिनिधित्व र वकालत गर्ने उद्देश्यले प्रतियोगिता गरिँदै आएको ‘मायाको पहिचान नेपाल’की अध्यक्ष गुरुङले बताइन् ।

इन्द्रेणी पर्यटन प्रवर्धन गर्ने दूतका रुपमा उपाधि विजेताहरुले पर्यटन क्षेत्रमा समलिङ्गीहरूको सहभागिता र प्रतिनिधित्वका लागि समेत काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?