जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गाउँदै उफ्रिने क्रममा स्टेजमा लडेकी ज्योति सकुशल, आज साँझ गोलधाप महोत्सवमा सहभागी हुने

काठमाडौं – स्टेजमा गीत गाउँदा पाछिएकी गायिका ज्योती मगरले आज साँझ झापाको गोलधाप महोत्सवमा आफ्ना दर्शकलाई मनोरञ्जन दिने भएकी छिन् । सोमबार इलामको बिहीबारेमा आयोजित १३ कुने सीमसार महोत्सवमा पछारिएर हिजो समाचारमा छाइन् ज्योति मगर । धेरैले उनलाई ट्रोल गरिहेका छन् भने केहीले आयोजकमाथि प्रश्न उठाएका छन् ।

यसैबीच, ज्योतिका फ्यानहरुको लागि खुशीको खबर के छ भने स्टेजमा नराम्ररी लडेर पनि उनी सकुशल नै छिन् । ज्योति आज साँझ झापाको गोलधाप महोत्सवमा सहभागी हुने भएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू गोलधाप आउने बताउँदै सम्पूर्ण झापावासीलाई चुल्है निम्तो दिएकी छन् ।

‘प्लीज प्लीज प्लीज। सबैजना आउनुहोला । भेटौंला हामी गोलधाप महोत्सवमा । थ्यांक यु सो मच आई लभ यू’, भिडिओ सन्देशमा ज्योतिले भनेकी छन् । १३ कुनेमा भोगेको घटनाबारे भने उनले केही पनि बताएकी छैनन् ।

गत पुस १९ गते महोत्सवमा गीत गाउन राति करिब ११ बजे स्टेज उक्लिएकी ज्योति गाउँदै उफ्रिने क्रममा स्टेजमा भ्वाङ परेको थियो । एउटा खुट्टा स्टेजमा जाकिएर पछारिएकी ज्योतिलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । उनको सो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । आशा गरौं, आजको महोत्सवमा त्यस्तो अप्रिय घटना नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?