जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने

काठमाडौँ – हाल हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो ।

अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ । साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउन समेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

केजरीवालले अदालतसँग आफूलाई मधुमेह रोग रहेको भन्दै डाक्टरसँग हरेक दिन १५ मिनेट परामर्श गर्न अनुमति मागेका थिए । उनलाई जेलमा इन्सुलिन दिइएको छैन ।

यस अघि पर्वर्तन निदेशानालय ‘ईड’ ले अदालतमा केजरीवलले जानाजानी जेलमा आँप र मिठाई खाइरहेका दाबी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?