जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आजदेखि बालाजु बाइसधारा मेला

जोयनेपाल
0
Shares
बालाजु बाइसधारा(ल्हुति पुन्हि)मेलामा मङ्गलबार स्नान गर्दै भक्तजन।

काठमाडौँ – काठमाडौँको बालाजुस्थित बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला शुरु भएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन  लाग्दै आएको यो मेला पाँच दिनसम्म जारी रहने छ । 

बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । यहि कारण मेला भर्न  बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुइँचो लागेको छ ।

 भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले  २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?