सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १७ सय ५ मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?