जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पुजा श्रेष्ठ पक्राउ

काठमाडौं – पोल्याण्ड पठाइदिन्छु भन्दै २ लाख १५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका- ८ जरंखु बस्ने ३० वर्षीया पुजा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?