जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने विन्दालाल शाह कानु पक्राउ

काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहट बुद्धावन नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विन्दालालले १ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?