जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टी ट्वान्टी सिरिजका लागि रोहित र विराट टिममा फर्किए

काठमाडौं – रोहित शर्मा र विराट कोहली अफगानिस्तान विरुद्धको तीन खेलको टी-२० आई शृंखलाका लागि भारतीय क्रिकेट टिममा फर्केका छन् ।

सन् २०२२ मा इंग्ल्याण्डमा भएको टी-२० विश्वकप पछि यो फर्म्याटमा खेलेका थिएनन् । जुनमा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने विश्वकपको तयारीका लागि झण्डै १४ महिनापछि उनीहरुलाई टिममा बोलाइएको हो ।

भारतले अफगानिस्तानसँग विश्वकपअघि अन्तिम टी-२० शृंखला खेल्दै छ । यी खेल जनवरी ११, १४ र १७ मा हुने छ । यो शृंखलाका लागि रोहितलाई कप्तान बनाइएको छ । उनको अनुपस्थितिमा टोलीको नेतृत्व गरेका हार्दिक पाण्ड्या र सूर्यकुमार यादव घाइते भएकाले टिममा परेनन् ।

अफगानिस्तानसँगको खेलपछि भारतीय खेलाडी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका लागि आ(आफ्नो टिममा जाने छन् । आईपीएल सकिए लगत्तै टी-२० विश्वकप सुरु हुने छ ।

भारतीय टिम स् रोहित शर्मा, शुभमन गिल, यशस्वी जयसवाल, विराट कोहली, तिलक वार्म, रिंकु सिंह, जितेश शर्मा, सन्जु सेमसन, शिवम दुबे, बासिङगटन सन्दुर, अक्षर पटेल, रवि बिश्रोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?