जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

युट्युबमार्फत सार्वजनिक गरियो ‘चरी बस्यो बनैमा’ बोलको गीत (भिडियो)

काठमाडौँ– गायक तीर्थराज गुरागाईँ र गायिका स्वस्तिका ढकालको स्वर रहेको ‘चरी बस्यो बनैमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

उक्त गीत आज (शनिवार) ‘नेपमेलो’को युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा समीर आचार्यको शब्द तथा संगीत रहेको छ । यस गीतको रेर्कड अष्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडियोमा गरिएको हो । गीतको भिडियोमा अहिलेका चर्चित मोडल प्रभात पल ठकुरी र अनिषा ओलीको नृत्य देख्न सकिन्छ ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सिनेमाटोग्राफर अर्जुन तिवारीले खिचेका हुन् । गीतको निर्देशन सान थापाले गरेका हुन् ।

अष्ट्रेलियामा करीब दुई दशकदेखि कर्मथलो बनाउँदै आएका गायक गुरागाईँको यो पहिलो गीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?