जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पिम्पल हटाउने विधि हाइड्राफेसियल के हो ? कसरी गरिन्छ ?

सामान्यतया पानीबाट गर्ने ट्रिटमेन्टलाई हाइड्राफेसियल भनिन्छ। यसमा छाला सफा गर्ने र मरेका सेललाई निकाल्ने काम गरिन्छ। यसले छाला स्वस्थ, चम्किलो र आकर्षक बनाएर राख्न मद्दत गर्छ। 

हाइड्राफेसियल गर्ने जुन पानी हुन्छ त्यो पानीमा विशेष किसिमको पानीहरू मिलाएको हुन्छ। त्यसमा कुन ठाउँमा गर्ने भनेर ठाउँ छुट्टाएर आँखाको वरिपरि गरिन्छ। 

त्यो केमिकलको बारेमा पुरै ज्ञान भएकोले र अनुभव भएको मान्छेले मात्र गर्दा राम्रो हुन्छ। हाइड्राफेसियलमा एउटा मेसिन हुन्छ। त्यसले मसाज गर्नुपर्छ र यसले ब्लड सर्कुलर मिलाउँछ। धेरै पार्लरमा हातले फेसियल गरेको पनि पाइन्छ। मेसिनले मसाज गर्दा राम्रो हुन्छ।

आफ्नो छालामा कुनै रोग छ भने त्यो बेला कसैले हाइड्राफेसियल गर्नु हुँदैन। नभए यो सबै उमेरका र आकर्षक देखिन मन लाग्ने मान्छेले गर्दा हुन्छ। 

छाला घाममा जोगिन नसक्ने मान्छेले पनि गर्न मिल्छ। कोही गर्भवती वा स्तनपान गराउँदै भएकोले हाइड्राफेसियल गर्नु हुँदैन। छालामा कुनै स्किनमा रोग छ र कुनै औषधि खाँदै गरेको मान्छेले गर्न मिल्दैन।

सामान्यतया अस्पतालमा हाइड्राफेसियलको समय कम्तीमा १५ देखि २० मिनेटसम्म लाग्छ। हाइड्राफेसियल गरेको २५ सयदेखि चार हजार रुपैयाँसम्म लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?