जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्व

यी हुन् डिजिटल रुपमा सबैभन्दा विकसित विश्वका उत्कृष्ट राष्ट्र

काठमाडौँ– प्रविधिको विकास र यसको सदुपयोगले विश्व धेरै अगाडि पुगिसकेको छ । नेपालका कतिपय स्थानमा भने अझै पनि पूर्ण रुपमा इन्टरनेट पुगेको छैन । ग्रामीण भेगमा अझै पनि मोबाइल इन्टरनेटको भर पर्नुपर्ने अवस्था छ ।

तर, संसारका यस्ता देशहरु पनि छन् । जहाँ प्रविधिको उच्चतम प्रयोग गरिएको छ । आज हामी ती त्यस्ता देशका बारेमा चर्चा गर्दैछौँ । जुन देश प्रविधिमा निकै अगाडि छन् ।

विभिन्न रिपोर्टहरुका अनुसार विश्वमा प्रविधिको क्षेत्रमा सबैभन्दा अगाडि जापान छ । यो देशमा लगभग सबै क्षेत्रमा डिजिटल बनाइएको छ भने रेष्टुरेन्ट, हस्पिटल लगायत कैयन् स्थानमा रोबोटहरुको प्रयोग गरिएको छ ।

त्यस्तै जापानपछि दोस्रो नम्बरमा दक्षिण कोरिया पर्छ । उक्त देशमा पनि प्रविधिको उच्चतम प्रयोग गरिएको छ भने शहरी क्षेत्रलाई थप डिजिटल बनाइएको छ ।

त्यस्तै डिजिटल संरचनाको विकासमा अमेरिका तेस्रो नम्बरमा आउँछ । त्यस्तै चौथो नम्बरमा चीन पर्छ ।

वर्ल्ड रेकर्ड र युएस न्यूजका अनुसार यी हुन् उत्कृष्ट दश देशः
१. जापान
२. दक्षिण कोरिया
३. अमेरिका
४. चीन
५. जर्मनी
६. युके
७. सिंगापुर
८. युएई
९. क्यानडा
१०. स्वीडेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?