जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ज्योतीको पक्षमा प्रीति ,कलाकार लड्नु स्वाभाविक भएको टिप्पणी

काठमाडौँ – प्रस्तुतिका क्रममा ज्योती मगर मञ्चमै लडेको घटनालाई लिएर अर्की गायिका प्रीती आले पनि  बोलेकी छन् ।

आलेले स्टेजमा प्रस्तुति दिँदै गर्दा कलाकार लड्नु स्वाभाविक रहेको तर स्टेज भत्किनु आयोजकको कमजोरी भएको धारणा राखेकी हुन् । 

‘कलाकारहरूले स्टेजमा प्रस्तुति दिँदै गर्दा लड्नु, ठोक्किनु, डिस्ब्यालेन्स भएर लडखडिनु स्वाभाविक हो । तर, स्टेज नै भत्किनु वा भाँचिनु आयोजकको कमजोरी हो’ प्रीतिले सामाजिक सञ्जालमा लेखेकी छन् ‘यो मजाक गर्ने विषय फिटिक्कै होइन । अङ्गभङ्ग हुन सक्ने, संवेदनशील अङ्गमा लागेर ज्यान जान सक्ने गम्भीर विषय हो ।’ 

यसअघि एलिना चौहानले पनि लामो स्टाटस लेख्दै यस्ता दुर्घटना फेरि नहोस् भन्नका लागि सम्पूर्ण कार्यक्रम आयोजकहरूलाई ध्यान पुराउन र सजग रहन सुझाव दिएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?