जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के तपाई तौल घटाउन ओट्स खाँदै हुनुहुन्छ ?

काठमाडौँ – स्वस्थ र तन्दुरुस्त रहन मानिसहरूले आफ्नो आहारमा ओट्स समावेश गर्दछ। ओट्सले क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट र फाइबरका हिसाबले दुवै राम्रो हुने विज्ञहरू बताउँछन्।

ओट्स खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसलाई आहारमा समावेश गर्नाले पाचन प्रणाली निकै राम्रो रहन्छ । यो खाँदा लामो समयसम्म पेट भरि रहन्छ । जसले गर्दा तौल नियन्त्रणमा रहन्छ र ऊर्जा पनि रहन्छ ।

क्यालोरी
अध्ययनकाे अनुसार, १०० ग्राम ओट्समा ३८९ क्यालोरी हुन्छ । तौल घटाउनको लागि क्यालोरीहरू धेरै महत्त्वपूर्ण छन्। यसले स्वस्थ रहन मद्दत गर्छ ।

फाइबर
१०० ग्राम ओट्समा १०० ग्राम फाइबर पाइन्छ। यस्तो अवस्थामा ओट्स खानु फाइबरको लागि उत्तम विकल्प हो। फाइबर स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण पोषक तत्व हो।

प्रोटिन र कार्बोहाइड्रेट
१०० ग्राम ओट्समा १६.९ ग्राम प्रोटिन हुन्छ र दलियामा १२ ग्राम प्रोटिन हुन्छ। त्यसैगरी १०० ग्राम ओट्समा ६६.३ ग्राम कार्बोहाइड्रेट र दलियामा ७६ ग्राम कार्बोहाइड्रेट पाइन्छ। दुवै पोषक तत्व धेरै महत्त्वपूर्ण छन्।

ओट्समा राम्रो मात्रामा फाइबर हुन्छ, जसले तपाईंलाई लामो समयसम्म भोक लाग्नबाट बचाउँछ। यो खाएमा वजन छिटो घटाउँछ। तर, तौल घटाउन फाइबर मात्र नभई अन्य धेरै कुरामा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?