जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के हो चाउरीपन हटाउने ‘बोटक्स’ सुई: कसरी हुन्छ उपचार ?

बोटक्स भनेको एक प्रकारको सुई हो। यसले अनुहारमा भएका रेखाहरू ल्याउने मांसपेशीलाई आराम दिने काम गर्छ। यसको प्रयोग कस्मेटिक रूपमा मात्र नभएर उपचारको रूपमा पनि गरिन्छ।

डेढो आँखालाई सिधा गर्न, क्रोनिक माइग्रेनमा नशा रोग विशेषज्ञले पनि यसको प्रयोग गर्ने गर्छन्। यसले मासु तन्केर लाइन बसेको छ भने त्यो मासुलाई रिल्याक्स गर्छ। बोटक्स गरेपछि लाइन, रिंकल हराएर जान्छन्। बोटक्स किटाणुबाट निस्किएको टक्सिन हो। यो एकदमै सुरक्षित छ। ।

बोटक्स गर्दा सबै भन्दा पहिला अनुहारलाई राम्ररी सफा गरिन्छ। त्यसपछि अल्कोहल स्वाबले मुख सफा गरिन्छ। त्यसपछि आइस प्याक लगाइन्छ।

अनि चाउरी परेको ठाउँमा सुई लगाई मांसपेशीलाई तन्काइन्छ। जहाँ जहाँ चाउरीपन छ त्यहीँ त्यहीँ सुई लगाइन्छ। यो लगाउँदा त्यति पीडा महसुस पनि हुँदैन जुन एकदमै सानो हुन्छ। 

१५ मिनेट जति डाक्टरसँग कन्सल्ट गरेर नदुख्ने औषधि दिइन्छ। त्यसपछि बोटक्स गर्न १५ मिनेट लाग्छ। करिब ४५ मिनेटदेखि १ घण्टाको समयमा बोटक्स गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?