जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘डंकी’को सफलतापछि बोमन इरानीको भावुक पोस्ट,राजकुमारको प्रशंसा

काठमाडौँ– ‘डंकी’को सफलतापछि बलिउडका चर्चित चरित्र अभिनेता बोमन इरानीले भावुक पोस्ट लेखेका छन् । राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ मा शिक्षकको भूमिकामा उनले दर्शकको मन जितेका थिए। 

यहि कारण आफू यो फिल्मको हिस्सा भएकोमा कृतज्ञता व्यक्त गर्दै उनले  शाहरुख खान र सम्पूर्ण टिमका लागि सामाजिक सञ्जालमा एउटा भावुक नोट लेखेका हुन् ।

पोस्टमा उनले निर्देशक राजकुमार हिरानी र सम्पूर्ण टोलीका साथै शाहरुख खान, तापसी पन्नु र विक्की कौशलको प्रशंसा गर्दै इरानीले सबैको कडा परिश्रमको प्रशंसा गरेका छन् । 

आफ्नो सोसल मिडिया ह्यान्डलमा फिल्मको तस्बिर सेयर गर्दै बोमन इरानीले लेखेका छन्, ‘दर्शकहरूसँग फिल्म हेर्न पाउँदा सधै रमाइलो हुन्छ। म सम्पूर्ण टिमको मेहनतको कदर गर्न सक्छु। डंकीमा हरेक कलाकारले उत्कृष्ट काम गरेका छन्।

यस्ता चलचित्रहरूले मानवता, दया, वफादारीमा हाम्रो विश्वासलाई बलियो बनाएका छन्। त्यसैले हामी राजकुमार हिरानीका फिल्महरू हेर्न मन पराउँछौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?