जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ गोटेबर्ग फेस्टिभलमा 

काठमाडौँ – दयाहाङ राई अभिनित चलचित्र ‘गाउँ आएको बाटो’ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । 

टोरन्टो, बुसान र मुम्बईजस्ता प्रसिद्ध फेस्टिभलपछि फिल्म ‘गाउँ आएको बाटो’युरोपको गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ मा प्रिमियर हुने भएको हो ।

नवीन सुब्बा निर्देशित यो फिल्म भोएज क्याटेगोरीअन्तर्गत छनोट भएको छ ।  महोत्सव २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ। 

यो फेस्टिभल स्केन्डेभियन क्षेत्रको मात्रै नभएर युरोपको पनि महत्त्वपूर्ण चलचित्र महोत्सव हो ।

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई ,केशव राई, सुमित्रा राई, राज  थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय छ । 

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा गाँउमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई समेटिएको छ । 

चलचित्र ०८१ जेठ १८ बाट प्रदर्शनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?