जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दैनिक प्याज खानुका फाइदा

पेटको फाइदा
काँचो प्याजको सेवनले पेटमा भएका समस्या कब्जियत, ग्यास्ट्रिक, अल्सरलगायतका रोगलाई ठिक गर्छ। नियमित प्याजको सेवनले फाइदा गर्ने भएकाले यसलाई स्वास्थ्यवद्र्धक मानिन्छ।

महिनावारीको समस्याबाट छुटकारा
धेरै महिलाहरु महिनावरीको समस्याले पीडित हुन्छन्। यस्तै त हो नि अलिअलि समस्या भइहाल्छ भनेर उपचारमा गएको पनि पाइदैन। यस्तो अवस्थामा प्याजको रसमा मह मिसाएर खाँदा दुखाईबाट छुटकारा मिल्छ।

मिर्गौलामा फाइदा
नियमित प्याजको सेवनले मिर्गौलामा भएको पत्थरीलाई रोक्न सहयोग गर्छ।

कपालमा फाइदा

प्याजको रस निकालेर हप्तामा दुई पटकसम्म लगाउदा कपालको जरा बलियो बनाउनको साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। प्याजको रसमा घिउकुमारीको रस मिसाएर लगाउँदा कपाल बढ्न र चिल्लो बनाउन मद्दत गर्छ।

मुटुलाई स्वस्थ बनाउन
कोही मान्छेमा मुटुमा समस्या छ भने प्याजले रगतलाई पातलो बनाउँछ र मुटुलाई स्वस्थ बनाउछ। काँचो प्याजको रस बनाएर पिउँदा पिसाब सम्बन्धी समस्याको समाधान हुन्छ।

प्याजको सेवनले खकारको समस्या, सामान्य ज्वरो, खाना नरुच्ने, नपच्ने र झाडापखालाका लागि पनि निकै फाइदा हुन्छ।

निन्द्रा नलाग्ने र भोक नलाग्ने समस्या भएको मान्छेमा प्याजले धेरै फाइदा गर्ने मानिन्छ। नियमित प्याज खानेहरुको छाला चम्किलो, आकर्षक र स्वस्थ हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?