जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

धीरज र सजिनाले जिते  ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को उपाधि

काठमाडौँ–  ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनलको उपाधि जितेका छन् ।

प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन्। त्यस्तै पुरुषतर्फ क्षितिज श्रेष्ठ क्षत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भए।

महिलातर्फ रजिता पराजुली फर्स्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने पुरुषतर्फ मिलन भट्टराई र सन्देश सिटौला क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनर अप बनेका छन् ।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन्।

महिला र पुरुष मोडलहरु संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए।

फिनालेमा विभिन्न २० वटा विधामा प्रतिस्पर्धा भएको थियो। दीक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनालेको मुख्य जुरीको भूमिका डाक्टर सन्तोष उपाध्याय, प्रिया सिग्देल, पुष्प खड्का, लक्ष्मण गौतम, मधुसुधन अर्याल, दीपा गुरुङ, राजु केसी, विवेकसिंह ठकुरी र पुष्पा भुसालले निर्वाह गरेका थिए।

फिनालेअघि प्रतियोगीहरुले विभिन्न चरणमा ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्डजस्ता विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए। फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्रदान गरियो। आयोजकका अनुसार, विजेता प्रतियोगीहरुलाई मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्टसमेत पठाइने छ ।

फिनाले राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण गरिएको थियो।

मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४ ट्रु डर्मा, परी कस्मेटिक, नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड मुख्य प्रायोजनमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?