जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कवि नवराज पराजुलीको चक्का कविता सार्वजनिक

काठमाडौं । कवि नवराज पराजुलीको चक्का कविता सार्वजनिक भएको छ । कवि पराजुलीले नयाँ कविता आफ्नै युट्युब च्यानल ‘नवराज पराजुली’ मार्फत सार्वजनिक गरेका हुन्। किरण भुषालको संगीत रहेको गीतमा स्वर रिदम कंडेलको रहेको छ भने शब्द नवराज पराजुलीको रहेको छ।

भिडिओमा प्रेमले एउटा व्यक्तिको साँघुरिएको जीवनलाई कति बिस्तार गर्न सक्छ भन्ने विम्व प्रस्तुत गरिएको छ। भावना उप्रेती र नवराज पराजुलीको अभिनय रहेको गीतको भिडिओलाई पराजुली आफैले निर्देशन गरेका हुन्। सौरभ लामिछानेले छायांकन गरेको भिडिओलाई रोशन पौडेलले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?