जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘एक्टर’मा प्रदीप र आनाको जोडी पक्का

काठमाडौं – फिल्म ‘एक्टर’मा अभिनेता प्रदीप खड्का र अभिनेत्री आनाको जोडी पक्का भएको छ । खड्काको मुख्य भूमिकामा बन्न लागेको फिल्म ‘एक्टर’मा अभिनेत्री आना अनुबन्धित भएकी छिन्। जसका लागी निर्माण टिम र आनाबीच सम्झौता समेत भइसकेको छ।

आनाले फिल्म साइन गरेसँगै प्रदीप र आनाको जोडी पक्का भएको छ। यी दुइको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिएको छ। राजन भुषालको निर्देशनमा बन्ने फिल्मको मुख्य भूमिकाकै अमेरिकामा रहेका कलाकार राजबल्लभ कोइरालासँग समेत कुरा भइरहेको छ।

फिल्म ‘एक्टर’ लाई लिएर आफू निकै नै उत्साहित भएको अभिनेत्री आना शर्माले बताइन्। एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने उनको भनाइ छ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा थमन कुमार भण्डारीको लगानी रहेको छ। केही महिनामै छायाङ्कन सुरु गरिने फिल्मलाई सन् २०२५ मा रिलिज गरिने निर्माणटिमको योजना छ। यस फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?