मोडल वाच

मोडल भावना गुरुङ (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– अभिनेत्री भावना गुरुङ र्‍याम्प वाकमार्फत मोडलिङमा प्रवेश गरेकी हुन् । र्‍याम्प वाकसम्बन्धी आधारभूत तालिम भर्खरै सकिएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘र्‍याम्प वाकमा त्यही बेला एउटा सोमा र्‍याम्प वाक गर्ने अफर आयो, ‘शो’ मा मेरो आत्मविश्वास देखेर सबैले मोडलिङमा केही गर्न सक्छौ भनेर हौसला दिए, त्यसपछि यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो ।’

डान्स र अभिनय क्लास लिएकी उनी कोरियोग्राफी पनि गर्छिन् । तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी उनले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् ।

उनले गुरुङ भाषाको फिल्म ‘भुली गए पाप लाग्ला’ मा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन् । उनको डेब्यू नेपाली फिल्म चाहिँ ‘स्वर्ग मेरो गाउँ’ हो