जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय

काठमाडौं – बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि भएको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

यसअघि पुस १३ गते अदालतले उनलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?