जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘मिस नेपाल पिस २०२४’ मा २४ प्रतियोगी भिड्दै

काठमाडौँ– एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले विभिन्न प्रारम्भिक अडिसनबाट फाइनल प्रतियोगिताका लागि छानिएका २४ प्रतियोगी सार्वजनिक गरेको हो ।

प्रतियोगिताको यो सातौँ संस्करण हो । यस संस्करणको प्रारम्भिक अडिसनमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत २ सायबढी नर्सहरुले अडिसन दिएका थिए । जसबाट फाइनलका लागि २४ प्रतियोगी छानिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

छानिएका प्रतियोगीमा प्रलिजा ढकाल, दिव्या बम ठकुरीप्रिया सुनुवार, नबिना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुचि देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सिमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, विधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी रहेका छन् ।

छानिएका प्रतियोगी फाइनल स्पर्धाका लागि सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायत प्रशिक्षण दिन जुटिसकेका छन् ।

पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बास्डर रहेको प्रतियोगीताको शीर्ष विजताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहार समेत जित्न सक्नेछन् ।

सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेशासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका नर्सिङ सुन्दरीहरुको सहभागिता रहदै आएको छ ।

अन्तराष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगतदेखि आयोजना हुँदै आएको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

प्रतियोगीताको फाइनल (अन्तिम स्पर्धा) अगामी जेठ ५ गते (मे १८) मा आयोजना हुँदैछ । प्रतियोगितामा शीर्षसहित आधा दर्जन विजेता घोषणा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?