रामबहादुर बम्जन आफ्नो भगवान् भएको भन्दै सीआईबी पुगिन् पूर्वमन्त्री लामा

काठमाडौं– बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका लिटिल बुद्ध भनिने रामबहादुर बम्जनलाई लिन भन्दै पूर्व भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा केन्द्रीय अनुसन्धान ब्यूरो पुगेकी छिन् ।

तपस्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका बम्जनलाई पाँच वर्षपछि प्रहरीले मङ्गलवार पक्राउ गरेर अनुसन्धान थालेको छ ।

यसैबीच बम्जन आफ्नो भगवान भएको भन्दै भगवानलाई हतकडी नलगाई आफ्नो जिम्मा लगाउन भन्दै पूर्वमन्त्री लामा केन्द्रीय अनुसन्धान ब्यूरो पुगेकी हुन् ।

पूर्व मन्त्री लामाले बम्जनलाई आफैले सर्लाही लैजाने चाहेको स्रोतले बतायो ।

बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले मङ्गलवार बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई सर्लाही लैजाने तयारी गरेको छ ।

प्रहरीले बम्जनको घरमा छापा मार्दा ३ करोड ३० लाख ७५ हजार रुपैयाँ बरामद गरेको छ। उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?