जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाली पुजारी अयोध्याको राममन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुने

काठमाडौं – भारतको अयोध्यास्थित राममन्दिरको प्राण प्रतिष्ठा समारोहमा नेपाली पुजारी दुर्गाप्रसाद गौतम सहभागी हुने भएका छन्। जनवरी २२ मा मन्दिर उद्घाटन हुँदैछ। त्यसका लागि अनेकौँ पूजाअर्चना गरिँदैछन्।

अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीति रिवाज अनुसार विशेष पूजा यही १७ जनवरीदेखि प्रारम्भ हुँदैछ । २२ जनवरीमा प्राण प्रतिष्ठा हुँदैछ ।

राम जन्मभूमि मन्दिरको शिलान्यासका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारणसहित शिलान्यास गराउने नेपाली मूलका पुजारी आचार्य दुर्गाप्रसाद गौतमलाई पुनः विशेष पूजाका लागि निम्तो आएको हो।

यसअघि २०२० मा सो मन्दिरको शिलान्यास हुँदा गौतमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भूमिपूजन गराएका थिए। त्यतिबेला सो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई गौरव लागेको उनले बताएका थिए। त्यसयता मन्दिरका हरेक समारोहमा उनी सहभागी हुँदै आएका छन्। उनले संस्कृतमा आचार्य गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?