जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोखरामा पर्यटकहरूलाई दु:ख दिएको अभियोगमा पाँच जना पक्राउ

पोखरा – पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, सोही महानगरपालिका-६ लालुपाते मार्ग बस्ने २५ वर्षीय मिन प्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, सोही महानगरपालिका-६ खहरेचोक बस्ने २५ वर्षीय शुसान्त क्षेत्री र सोही महानगरपालिका-६ हल्लनचोक बस्ने २५ वर्षीय अमित भण्डारी रहेका छन् ।

पोखरा महानगरपालिका-५ जिरो किमी, सोही महानगरपालिका-६ लेकसाईड, हल्लनचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा विदेशी पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुस्ख हैरानी दिई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?