जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुदूरपश्चिममा भूवा पर्व मनाँईदै,प्रदेशभर सार्वजनिक बिदा

काठमाडाैँ – सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो।

आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

विशेषगरी बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले आजदेखि २८ गतेसम्म धनगढी स्थित रङ्गशालामा भुवाचाली खेल प्रतियोगिता पनि हुँदैछ।

महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् ।

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् । खासमा त्यो भुवा पर्वको उल्लास हो ।

भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?