जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्पेनी सुपरकपको फाइनलमा रियल म्याड्रिड

काठमाडौँ — एटलेटिको म्याड्रिडलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको खेलमा रियलले एटलेटिको म्याड्रिडलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

साउदी अरेबियामा भएको खेलको निर्धारित समयको खेल ३–३ को बराबरीमा रहेको थियो । प्रतिस्पर्धा पेनाल्टीतर्फ अग्रसर भइरहेको बेला अतिरिक्त समयको खेलमा एटलेटिकोको स्टेफान सेभिचले आत्मघाती गोल गरे र रियल अगाडि रह्यो ।

त्यसपछि ब्राहिम डियाजले रियलका लागि पाँचौं गोल गरे । योसँगै  ५–३ ले जित निकाल्दै रियलले फाइनल यात्रा तय गरेको हो । 

फाइनल आइतबार हुनेछ । त्यस अगाडि आजको दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुनाले खेल्दै छन् । रियल पछिल्ला २० खेलमा अपराजित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?