जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मेट गालामा जब डेजा क्याट कपडाको सट्टा तौलिया बेरेर पुगिन्

काठमाडौँ– अमेरिकाको न्यूयोर्कमा सम्पन्न विश्वकै ठूलो फेसन इभेन्टका रुपमा लिइने ‘मेट गाला’ मा विश्वका चर्चित सेलिब्रेटीहरू सहभागी भएका छन् ।

फेसन ‘शो’मा सहभागी हुने अधिकांश सेलिब्रेटीहरू आफ्नो पहिरन शैली र डिजाइनले आम मानिसहरुलाई प्रभावित पारेर चर्चामा आए । उक्त शोमा सहभागी जनाएका कतिपय सेलिब्रेटी भने पहिरनका कारण ट्रोलसमेत बनेका छन् ।

यसपटकको मेट गाला फेसन शोमा अमेरिकी गायिका तथा र्‍यापर डेजा क्याटले लगाएको पहिरनले सामाजिक सञ्जाल तात्तियो । डेजाले कपडाको साटो सेतो टाबेलजस्तो कपडा पहिरिएर फेसन शोमा सहभागी भएकी थिइन् ।

उनको यो लूकको निकै चर्चा भएको छ । हुन त मेटा गालामा अनौठो दृश्य हुनु कुनै नौलो त होइन ।

डेजाले तौलियालाई हातैले समातेर त्यहाँ पुगेकी थिइन् । त्यतिबेला उनले टाउकोमा सेतै तौलिया पनि बाँधेकी थिइन् । उनलाई देख्दा बाथरुमबाट सिधै कार्यक्रममा गएको जस्तो देखिन्थिन् ।

मानिसहरुले ‘यो तिम्रो बाथरुम होइन’ भन्ने जस्ता शब्दहरु प्रयोग गरेर उनको आलोचना समेत गरेका छन् । कार्यक्रममा उनको दोस्रो लूकले पनि हलचल मच्चाएको थियो । दोस्रो लुकमा भने क्याट सेतो रङ्गको पारदर्शी गाउनमा पनि देखिएकी थिइन् ।

जुन पहिरनमा उनी शिरदेखि खुट्टासम्म भिजेको देखिन्थिन् । यो पहिरनमा उनको शरीरका अंगहरु प्रष्ट देखिएका थिए । यससँगै उनको मेकअप समेत निकै डरलाग्दो थियो । उनको यो लुक्सलाई फ्यानहरुले मन पराएका छन् । तथापि तौलियाकै कारण भने उनी ट्रोलको सिकार बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?