जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमेरिका पठाइदिन्छु भनी २३ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ – अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीय बेन्जु महत रहेको प्रहरीले जानकारी दिएको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रवीन्द्र रेग्मीका अनुसार  बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्ने बताएकी थिइन्।

 रामबहादुरबाट पटक पटक गरी २३ लाख ५० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।

ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?