जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कति सुरक्षित छ गर्भावस्थामा यौन सम्बन्ध ?

काठमाडौँ – प्रायः दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल हुन्छ। यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन्।

तर अरू अवस्थामा भन्दा गर्भावस्थामा यौन सम्पर्क राख्दा केही सावधानी अपनाएमा यौन आनन्द लिन सकिने विज्ञहरू बताउँछन् ।

यद्यपि गर्भको चरण वा संवेदनशीलतालाई हेरेर कतिपय अवस्थामा भने यौन सम्पर्क राख्नु उचित हुँदैन । गर्भ रहेको पहिलो तीन महिना यसमा परहेज गर्नका लागि सुझाव दिइन्छ । किनभने यस बेला उनीहरूलाई सङ्क्रमणको बढी जोखिम हुन्छ ।

कुन महिनामा यौन सम्पर्क गर्नु सुरक्षित ?

पहिलो तीन महिनामा यौन सम्पर्क गर्दा गर्भपातको जोखिम बढ्छ । त्यसैले यति बेला गरिने यौन सम्पर्क असुरक्षित हुनसक्छ ।

चिकित्सकहरू अनुसार तीन महिनादेखि सात महिनाका बिचमा बच्चालाई असर नपुर्‍याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ।

महिला माथि र पुरुष तल बसेर गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन गर्भवती महिलालाई लाभप्रद हुनसक्छ। यस बेला कन्डमको प्रयोग गरेर यौन सम्पर्क राख्दा भ्रूणमा इन्फेक्सन हुन दिँदैन। 

योनीबाट रगत बग्ने, तल्लो पेट दुख्ने आदि भएमा यौन सम्पर्क तत्काल रोक्नुपर्छ। त्यस्तै नवौँ महिनामा पनि शारीरिक सम्पर्क गर्नु उचित नहुने बताइन्छ । 

शारीरिक सम्बन्ध बनाएको समयमा सरसफाइ, सुरक्षा र पार्टनरको सुविधालाई ख्याल राख्नुपर्छ ।

गर्भावस्थामा बढ्छ चाहना !

गर्भावस्थामा प्रायः महिलालाई यौन इच्छामा कमी आउन सक्छ ।

तर खास गरी हर्मोन्सको परिवर्तनका कारण गर्भावस्थामा केही महिलालाई भने सम्भोग गर्ने इच्छा तीव्र हुने अध्ययनहरूले देखाएका छन् ।

तर याे अवस्थामा उत्तेजनामा आएर ख्याल नगरी कदापि सम्बन्ध राख्नुहुँदैन। सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूर्ण भएर यौन सम्पर्क राखेको राम्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?