जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्यानले गर्‍याे सन्दीपलाई निलम्बन

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको छ।

बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि बिहीबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो ।

क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै निलम्बन गरेको जनाएको छ।

क्यानको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेशअनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौ।’

त्यसअघि सन्दीपले बुधबार बेलुका क्यानलाई पत्र लेख्दै न्याय नपाउँदासम्म राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?