जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८१ साल वैशाख ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार सन् २०२४ मे १२ तारिख। वैशाख शुल्क पक्षको पञ्चमी तिथि। शंकराचार्य जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।

२७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको बोलीले धेरै मानिसलाई सहयोग पुग्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने दिन छ। सूर्यलाई पानी चढाएमा ग्रहले साथ दिनेछन्।

वृष : अचानक ठुलो अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। कसैलाई दिएर बिर्सिएको सामान फिर्ता हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नयाँ खबर सुनेर खुशी हुने दिन छ।

मिथुन : गुरुको साथ प्राप्त हुने दिन छ। जिन्दगीको सही बाटो पहिचान हुनेछ। व्यापारमा फाइदा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सहयोगी हात भेटिने छन्। परिवारमा भने मनमुटावले गर्दा संकट आइपर्न सक्छ।

कर्कट : काम गर्नु अगाडि सोचेर निर्णय गर्नु राम्रो हुन्छ। काम गर्नु अगाडि अरुको सुझाव सुन्नु राम्रो हुन्छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय आएको छ। परिवारका सदस्यसँग विवाद नगर्नु राम्रो हुन्छ।

सिंह : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। यस्तो भेट फलदायी हुँदा मन खुशी हुनेछ। सामाजिक संस्थाबाट सम्मान प्राप्त हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिवारमा माया गरेका मान्छेले धोका दिनेछन्। गलत खानपान भएका साथीसँगको भेटले मन अशान्त बन्नेछ। स्वास्थयमा सुधार हुनेछ। बिहान काममा धेरै अवरोध भए पनि दिउँसोपछि केही महत्त्वपूर्ण काम बन्नेछन्।

तुला : नयाँ ठाउँको यात्रा रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। आम्दानी राम्रो हुने दिन छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको सुझाव अनुसार गरेको काम सफल बन्नेछ।

वृश्चिक : आफूले आफ्नो ख्याल नगर्दा रोगले दुःख दिने जोखिम देखिन्छ। भएको जोगाएर लगानी गरे फाइदा हुनेछ। लगानी गर्न आज आफू अगाडि नबढ्दा राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

धनु : आफ्नो हितका लागि संघर्ष गर्नुपर्ने दिन छ। संघर्ष सफल बन्नेछ। लगानी गरेकोमध्ये शिक्षा क्षेत्रबाट प्रगति हुने योग छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सम्मान बढ्ने देखिन्छ।

मकर : तपाईंले गरेको कामको सम्मान हुनेछ। श्रमको सम्मान हुने योग छ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनसक्छ। शिक्षामा भएको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुनेछ।

कुम्भ : तपाईंले गरेको राम्रो कामको जस अर्को व्यक्तिले लिने गर्छन्। नगरेको बदमासीको दोष आइलाग्न सक्छ। आज लगानीको क्षेत्रमा पैसा नलगाउनु राम्रो हुन्छ। परिवारभित्र भन्दा अपरिचित व्यक्तिले प्रशंसा गर्नेछन्।

मीन : खर्च बढ्ने योग छ। बिहानै अन्न दान गरेमा फाइदा हुनेछ। माता-पिताको आर्शिवाद लिएर अगाडि बढेमा सोचेको काम बन्दै जानेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?