जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

न्यूयोर्क टाइम्सको घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

काठमाडौँ – अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङ लाई पनि समावेश गरेको छ ।

सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ५२ स्थानहरूमध्ये नेपालको मुस्ताङलाई ३७ ‍औँ नम्बरमा राखेको हो ।

धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित यो ठाउँ हिमालपारिको जिल्लाको नामबाट समेत परिचित छ  ।

अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला समेत रहेको मुस्ताङ स्वदेशी पर्यटकका लागि समेत प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । 

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले फरक खालको जनजीवन र संस्कृति नै पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दा धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व रहेको छ ।

मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् । 

न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिकालाई शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?