एप्पल र ओपनएआई सहकार्य गर्दै, आईफोनमा थपिने यो सुविधा

काठमाडौँ – आईफोन निर्माता कम्पनी एप्पल र च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले केही सुविधाका लागि सहकार्य गर्ने भएका छन् । 

एप्पलले आगामी आईओएस १८ मा एआई फिचर समावेश गर्न चाहन्छ । बाहिरिएको एक खबर अनुसार एप्पलले आईओएस डिभाइसमा ल्याङ्ग्वेज मोडेल (एलएलम) का लागि ओपनएआईसँग सहकार्य गर्न लागेको हो ।

यसबारे एक्समा लेख्दै प्रविधि विश्लेषक मार्क गर्मानले एप्पलले आगामी आईओएसमा च्याटबट जस्ता जेनेरेटिभ एआई सुविधाहरू समावेश गर्न ओपनएआईसँग सम्झौताको अन्तिम चरणमा रहेको बताएका छन् ।

कम्पनीहरूबीचको वार्ता अन्तिम चरणमा रहेपनि औपचारिक घोषणा भने भइसकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?