जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर !

काठमाडौं – कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ ।

नेपाल विश्वको राहदानीको सूचिमा अन्तिम ८ नम्बरमा पुगेको छ । हेन्लीले सार्वजनिक गरेको तथ्याङले राहदानीको सूचिमा नेपाल कमजोर बन्दै गइरहेको देखाएको हो । विश्वका सबै देशका राहदानीको सूचिमा नेपाल अन्तिमबाट ८ नम्बरमा पुग्नु भनेको बङ्गलादेश, उत्तर कोरिया भन्दा पनि कमजोर हो ।

हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा पुगेको हो। नेपाल सूचीको ९८औं स्थानमा रहेको छ। सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन पहिलो नम्बरमा छन्। यी ६ देशको पासपोर्ट पहिलो नम्बरमा छन्। पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले प्रिभिसा बिनै १९४ देशमा प्रवेश गर्न पाउँछन्।

सातौं स्थानमा रहेको अमेरिकाको पासपोर्टले १८८ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिन्छ। ८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिने व्यवस्था छ। चीनको पासपोर्ट ६२ औं स्थानमा छ। चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ।

नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिना भिसा जान सकिने व्यवस्था छ। दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको पासपोर्टले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ।

सुरुमै भिसा नलिई टिकट मात्र काटेर जान सकिने आधारमा विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्क अनुसार सूचिकृत गर्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?