जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सागर लम्सालको म्युजिक भिडियो ‘अब अर्को जुनीमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ– नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको सो भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् ।

उक्त गीतको भिडियो नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्य समेटिएको छ ।

सार्वजनिक भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, गीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् ।

गीतलाई दिलाशा बस्नेतले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?