जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

काठमाडौँ– बलिउड अभिनेता नसिरुद्दीन शाह भारतीय सिनेमामा एक महान अभिनेता हुन् । विगत चार दशकमा उनले चलचित्र, थिएटर र टेलिभिजनमा आफ्नो प्रतिष्ठित प्रदर्शनको साथ छाप छोडेका छन् । 

नसिरुद्दीन शाह आफ्नो उत्कृष्ट अभिनयका साथै आफ्नो बोल्ने शैलीका लागि परिचित छन् । उनको भनाइलाई लिएर पटक पटक विवाद हुने गरेको छ ।

पछिल्लो समय हिन्दी सिनेमामा बनिरहेका चलचित्रका बारेमा अभिनेताले खुलेर कुरा गरेका छन् । नसिरुद्दीन शाह बलिउड फिल्मभन्दा कोरियन फिल्म सय गुणा राम्रो हुने बताएका छन् । हालै एक कुराकानीका क्रममा उनले बलिउड र यस उद्योगमा बनेका फिल्मका बारेमा खुलेर कुरा गर्दै भारतीय सिनेमाभन्दा अन्य सिनेमा राम्रो रहेको बताए ।

यसबारे कुरा गर्दै उनले भने, ‘भारतीय फिल्मभन्दा कोरियन फिल्म १०० गुणा राम्रो हुन्छ । हाम्रा फिल्महरू उत्कृष्ट छन् भनेर विश्वसामु घमण्ड गरिरहेका छौँ। मलाई बलिउडको प्रेमकथा मन पर्छ भनेर म भन्न चाहन्न ।’

उनले थपे, ‘हलिउड हाम्रो एक मात्र सन्दर्भ बिन्दु हो । जसरी भारतीय खाना खाइन्छ, त्यसरी नै हाम्रा फिल्महरू पनि हेरिन्छन् । तर, भारतीय खानामा कम्तीमा अलिकति स्वाद हुन्छ । हिन्दी बुलबुला एक दिन फुट्छ र म त्यसमा ढुक्क छु । अबदेखि हिन्दी फिल्ममा सार्थकता नभएकाले नयाँ रणनीति अपनाउनुपर्छ ।’

नसिरुद्दीन आफ्नो बयानलाई लिएर गम्भीर समस्यामा परेका छन् । अभिनेता सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाई कोरियामा मात्रै बस्नु पर्छ।’ 

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यिनीहरू त्यही हुन् जो देशमा बसेर देशको खराब कुरा गर्छन्।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तिमीले पनि अबदेखि कोरियन फिल्ममा मात्र काम गर्नुपर्छ।’

नसिरुद्दीन शाहले आफ्नो अतुलनीय प्रतिभा र कामले दर्शकहरूलाई मोहित पारेका छन् । उनी पछिल्लो पटक आस्मान भारद्वाज निर्देशित ‘कुट्टी’ मा देखिएका थिए । फिल्ममा तब्बु, अर्जुन कपूर, राधिका मदन, कोंकणा सेन शर्मा र कुमुद मिश्रा पनि महत्त्वपूर्ण भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?