जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ। रुसी सेनामा आबद्ध प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनारको ज्यान गएको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिए।

रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस पुगेर सेनामा भर्ना भएका थिए। सोनु परिवारका जेठा छोरा थिए । उनका बुवा भारतमा मजदुरी गर्दै आएका थिए । सोनुसँगै काम गर्ने बर्दियाका एक युवाले उनको मृत्यु भएको जानकारी बुवालाई दिएका थिए । छोराको मृत्युको खबर आएपछि बुवा घर आएका छन् ।

केही समयअघि कपिलवस्तुका एक युवाको पनि रुसमै मृत्यु भएको थियो । सोनु सँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या ११ पुगेको छ।

यसअघि ज्यान गुमाउनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?