जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

श्रेया गिरी फोर्ब्सकाे ३० वर्ष मुनिको प्रभावशाली व्यक्तिको रुपमा छनोट

काठमाडौँ– श्रेया गिरी २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा छनोट भएकी छिन् । बिहिबार फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी छनोट भएकी हुन् ।

म्यागेजिनले एशियाबाट ३० वर्ष मुनिका ३० जनाको सूची छनोट गरेको हो । त्यसमध्ये उनी पनि छनोट भएकी हुन् ।

उनी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् ।

२८ वर्षीय गिरीले लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोरोना महामारीको समयमा मानसिक स्वास्थ्यमा समस्या परेको थियो । उनले अध्ययन सकेर नेपाल आएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?