जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतीय गायक सनम पुरी विवाह बन्धनमा बाँधिए

काठमाडौं – भारतका चर्चित गायक सनम पुरी विवाह बन्धनमा बाँधिएका छन् । उनले नागाल्याण्डमा आफ्नी प्रेमिका जुचोबेनी टुङ्गोसँग विवाह गरेका हुन् । उनीहरु दुबैले जनवरी ११ बिहीबार पूर्ण संस्कारका साथ विवाह गरेका सम्पन्न गरेका हुन् ।

‘इश्क बुलावा’ गीतका चर्चित गायक सनम पुरीको विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोलाई हेर्दा दुवैको विवाह क्रिस्चियन रिवाज अनुसार भएको देखिन्छ ।

भिडियोलाई सनम पुरीको फ्यान पेजबाट इन्स्टाग्राममा शेयर गरिएको हो । यसमा जुचोबेनी टुङ्गो सेतो रंगको गाउनमा देखिएकी छिन् । जबकि सनम कालो रंगको सूट र जुत्तामा निकै सुन्दर देखिएका छन्् । समारोहमा सनमका भाइ समर पुरी पनि स्टेजमा सँगै उभिएका छन् ।

वर्कफ्रन्टको कुरा गर्दा, सनम पुरी ’धत तेरी की’, ’इश्क बुलावा’ (हसी तो फसी) जस्ता गीतहरूका लागि परिचित छन् । उनी ’सनम’ नामक पप–रक ब्यान्डका प्रमुख गायक पनि हुन् । सामाजिक सञ्जालमा फ्यानहरुले सनमलाई नयाँ जीवन सुरु गरेकोमा धेरै धेरै बधाई दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?