जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुन्दर हेयर स्टाइलका लागि ध्यान दिनुहोस् यी कुरा

– लामो कपालले अनुहारलाई झनै लाम्चो देखाउने भएकाले लाम्चो अनुहार भएका युवतीले छोटो कपाल राख्नु नै राम्रो देखिन्छ । 

– गोलो अनुहार भएको युवतीले चिउँडो वा घाँटीसम्म आउने गरी ब्लन्ड वा थाइकट गर्नु राम्रो हुन्छ । तर, यस्तो हेयर स्टाइल दिँदा बीचमा सिउँदो निकाल्नुपर्छ । यो स्टाइलले गोलो अनुहारलाई केही लाम्चो देखाइदिन्छ ।

– गोलो अनुहार भएका युवतीले सेज्जी वा फेडर कट भने राख्नुहुँदैन । 

– बाटुले अनुहार भएका युवतीलाई कर्ली हेयर स्टाइल सबैभन्दा उत्तम हुन्छ । तर, कपाल छोटो बनाएर कर्ली स्टाइल दिनुपर्छ । निधार कपालले छोपेको हुनुपर्छ । आइलाइनभन्दा तल भने झार्नुहुँदैन । लुज पर्म पनि गरिदियो भने राम्रो देखिन्छ । 

– चुच्चो नाक भएका युवतीले टाउको पछाडि हल्का च्यापेर कुमसम्म कपाल झर्दा उत्कृष्ट लुक्स देखाउँछ । निधारतर्फको भागमा हल्का छोटो पार्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?