जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टी २० मा अफगानिस्तानविरुद्ध भारतको सहज जित

काठमाण्डौ – अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी भएको छ । जितका लागि अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

भारतका शिवम् दुबे ६० रनमा अविजित रहे भने भने रिंकु सिंहले अविजित १६ रन बनाएका थिए ।  कप्तान रोहित शर्मा शुन्यमा आउट हुँदा तिलक बर्माले २६, शुभमन गिलले २३, जितेश शर्माले ३१ रन बनाएका थिए ।

यता अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए भने आजमतुल्लाह ओमरजाइले १ विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । 

अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाए । भारतका अक्षर पटेल र मुकेश कुमारले समान २ विकेट लिए । शिवम् दुबेले १ विकेट लिए । 

योसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो टी–२० खेल पर्सि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?