जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान् कम्पनी,पछि पर्‍यो एप्पल

काठमाडौँ – माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ। आईफोन निर्माता एप्पलको सेयरले २०२४ मा कमजोर सुरुवात गरेपछि माइक्रोसफ्ट बिहीबार अर्को टेक जायन्ट एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान् कम्पनीको बनेको हो । 

यस अघि माइक्रोसफ्टले सन् २०१८ र २०२१ मा पनि सबैभन्दा मूल्यवान् सार्वजनिक कम्पनी हुँदै एप्पलका नाममा रहेको त्यो रेकर्ड खोसेको थियो ।

तर दुई वर्षअघि, एप्पल बजार पुँजीकरणमा ३ ट्रिलियन डलर नाघेको पहिलो कम्पनी बन्यो भने पुन आफ्नो स्थान फिर्ता लिन सफल रह्यो । 

अहिले आएर गत हप्ता मात्रै एप्पलको आईफोनको चिनियाँ एसेम्बलर, फक्सकनले वार्षिक दरमा राजस्व घटेको रिपोर्ट गरेको थियो ।

त्यस्तै अमेरिकी न्याय विभागले एप्पल विरुद्ध एक अविश्वास मुद्दामा काम गरिरहेको  खबर न्यु योर्क टाइम्समा आएको थियो । अर्कातर्फ माइक्रोसफ्टले भने किबोर्डमा एआई कोपाईलट कीसहित विन्डोज पीसीहरू प्रस्तुत गर्ने योजना अघि सारेको छ । 

फलतः  माईक्रोसफ्ट शेयरमा १.६ प्रतिशतले वृद्धि भएको छ । योसंगै उसको ब्राण्ड भ्यालू अब २.८८८ ट्रिलियन डलर पुगेको छ ।

यद्यपी अहिले पनि एप्पलको ब्राण्ड भ्यालू माईक्रोसफ्टको भन्दा ०.३ प्रतिशत मात्रै कम छ । उसको अहिलेको मूल्य २.८८७ ट्रिलियन डलर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?